
एजेन्सी ।
हमास समुहले दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेका ४८ जना बन्धकहरुलाई आजबाट रिहा गर्न लागेको छ ।
सन् २०२३, अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपश्चात बन्धक बनाईएकामध्ये बाँकी रहेका ४८ जनालाई हमासले रिहा गर्न लागेको हो ।
कम्तिमा २० जना बन्धक जिवित रहेको तथा २६ जनाको मृत्यु भईसकेको बताईएको छ । नेपालका विपिन जोशीसहित अर्को एक जना इजरायली बन्धकको अवस्था अज्ञात छ ।
हमासले बन्धक रिहा गरेपछि इजरायलले पनि लगभग दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्नेछ । बन्धक रिहाई कार्यक्रममा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल पुग्दै हुनुहुन्छ ।
अमेरिकाबाट विमान चढ्नुअघि ट्रम्पले गाजामा युद्ध अन्त्य भएको र अब पूर्ननिर्माण सुरु हुने बताउनुभयो । मध्यपूर्वको भ्रमणकोक्रममा ट्रम्पको उपस्थितीमा इजिप्टमा गाजा शान्ति सम्मेलन पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्