
एजेन्सी ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई गाजा युद्धविराम प्रतिज्ञाहरू तोड्नबाट रोक्न आवश्यक रहेको बताउनुभएको छ ।
इजरायल र हमासबीच इजिप्टमा हस्ताक्षर गरिएको सम्झौताको स्वागत गर्नुभयो । एर्दोगानले कालो सागर प्रान्त राइजमा नयाँ परियोजनाहरूको उद्घाटन समारोहमा उक्त टिप्पणी गर्नुभएको हो ।
सम्झौतामा हस्ताक्षर भएको र गाजामा दिगो शान्तिको बाटो खोलिएको उल्लेख गर्नुहुँदै उहाँले सबै कठिनाइहरूको बावजुद यसलाई धेरै महत्वपूर्ण उपलब्धिको रुपमा लिएर अब रक्तपात नहुने सुनिश्चितता दिनुपर्ने बताउनु भयो ।
टर्कीले कार्यान्वयन प्रक्रियामा सक्रिय रूपमा योगदान गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्