Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


राप्ती स्वास्थ्य प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता


208
Shares

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

आयोगले बिहीबार अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको जनाएकाे छ। एमआरआई मेसिन खरिदमा घोटाला गरेको आयोगको अनुसन्धानले देखाएको छ।

त्यस्तै, सोही प्रकरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालिका मुख्य भई कार्य गर्ने अध्यक्ष पोस्ट राज ज्ञवालीसहितलाई १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ बिगो माग दावी गर्दै आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेकाे जनाएकाे हाे ।