
काठमाडाैं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा शुक्रबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
साेही दुर्घनामा बसमा सवार ४० जना भन्दा बढी घाइते भएका हुन् । सबै घाइतेको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ। खयरमाराबाट काठमाडौं आउँदै गरेको ना ६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्