
एजेन्सी । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ६९ जना पुगेकाे छ।
साेही भूकम्पमा परी सयाैं मानिसहरु घाइते भएकाे फिलिपिन्सकाे सुरक्षा निकायले जनाएकाे हाे । सिबु सिटीको तटमा मंगलबार राति गएको शक्तिशाली भूकम्पले विद्युत आपूर्ति बन्द हुनुका साथै भवनहरूमा समेत क्षति पुर्याएको छ। फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले सुनामी सम्बन्धी सूचना रद्द गरेको छ ।
समुद्री सतहको सानो गडबडीका कारण हुने कुनै पनि प्रभाव धेरै हदसम्म हटेको बताइएपछि स्थानीयलाई राहत मिलेको हाे । सान रेमिगियो नगरपालिकाले व्यापक क्षति र अवरोधका कारण विपत्तिको अवस्था घोषणा गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भिसायास क्षेत्रमा अवस्थित सेबु शहरको जनसंख्या करिब १० लाख छ ।
प्रतिक्रिया दिनुहोस्