Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


भियतनाम आँधीकाे वितण्ड: मृत्यु हुनेको संख्या १९ जना पुग्याे, ८८ घाइते


325
Shares

एजेन्सी । भियतनाममा आँधी बुआलोई र त्यसपछिको बाढीका कारण मृत्यु हुनेको संख्या १९ जना पुगेको छ ।

भियतनाम समाचार एजेन्सीले मंगलबार रिपोर्ट गरेको तथ्यांक अनुसार अन्य ८८ जना घाइते भएका हुन् । रिपोर्ट अनुसार १३ जना बेपत्ता हुनुका साथै ८ जना अझै सम्पर्क विहीन भएका छन् । १ लाख ५ हजार भन्दा बढी घरहरू छाना नभएका वा क्षतिग्रस्त भएका छन् । जसमध्ये मध्य हा तिन्ह प्रान्त सबै भन्दा बढी प्रभावित भएको छ ।

जसमध्ये ७८ हजार ८ सय भन्दा बढी घरहरू छन् । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिन्हले स्थानीय अधिकारीहरू र क्षेत्रहरूलाई प्रभावित बासीन्दाहरूलाई सहयोग गर्न र आँधीको परिणामलाई कम गर्न तत्काल उपायहरू अपनाउन निर्देशन दिनुभएको छ । उहाँले अक्टोबर ५ अघि क्षतिग्रस्त शैक्षिक र चिकित्सा सुविधाहरूको मर्मत गर्न आदेश दिनुभयाे ।

राष्ट्रिय जल–मौसम पूर्वानुमान केन्द्रकाअनुसार आगामी २ देखि ३ दिनसम्म बाढी र पहिरो जारी रहने अनुमान गरिएको छ ।