
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता रविलाल शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीकाे नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचारर पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा जारी विज्ञप्ति मार्फत अनुराेध गरिएकाे छ ।
प्रधानमन्त्री कार्यालयले यस किसिमको गैर-कानूनी कार्य गरेमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्