Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


अवरूद्ध नारायणगढ-मुलिङ सडक भाेलिसम्ममा सञ्चालन गर्ने सरकारकाे तयारी (भिडियाेसहित)


845
Shares

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पटक-पटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उहाँले बताउनुभयाे । पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था नभएकाे बताउदै उहाँले ठूलो जोखिम भएकाे बताउनुभयाे । बिहीबारदेखि पानी परेन भने राति पनि काम गरेर शुक्रबार बिहानसम्ममा सडक निर्वाध रुपमा सुचारु गरिने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने नभएकाे र वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको बताउनुभयाे । विपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेकाे र एक डेढ महिनादेखि रोकिएका अधिकांश मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेकाे उहाँले बताउनुभयाे ।अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको उहाँकाे भनाइ छ । मन्त्री घिसिङले पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा रहेकाे उहाँले बताउनुभयाे । सरकारले नारायणगढ-मुलिङ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उहाँको भनाइ छ ।

मन्त्री घिसिङले पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालन भएकाे र कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसाबले अघि बढेको बताउनुभयो ।