Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


काठमाडौं उपत्यकाका बागमतीसहितका नदीमा बाढी, आवश्यक शतर्कता अपनाउन विभागकाे आग्रह


1.4k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका आसपासका नदीहरुमा बाढी आएको छ ।

अविरल वर्षापछि बुधबार दिउँसोदेखि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । बागमती, धोविखोला, बल्खु खोला र विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधबार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे हाे ।

जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।