Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


शेयर बजारमा उच्च अंककाे वृद्धि, ५ अर्ब २९ करोड बढीकाे काराेबार


403
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले वृद्धि भएको छ ।

नेप्से ५८ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको हो । ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा २ सय ३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४ वटाको घटेको हाे।

अन्य दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावर कम्पनी रहेकाे हाे । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ ।

प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा उच्च गिरावट आएको हाे । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार सर्वाधिक भएको नेप्सेले जनाएकाे छ ।