काठमाडाैं । सामाजिक अभियन्ता एवं कलाकार डा. धर्मेन्द्रकुमार साहको शब्द एवं गायिका सुमिना लोलेको आवाजमा “तिम्रो प्यारमा” बोलको गीत सार्वजनिक भएको छ ।
घटस्थापनाको अवसरमा सोमबार एक कार्यक्रमकाबीच लभ स्टोरी गीत “तिम्रो प्यारमा” सार्वजनिक गरिएको हो । एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको गीतमा नरहरी प्रेमीको संगित रहेकाे छ । हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतको ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन् । त्यस्तै, भिडियो सम्पादन ई. रबिन ताजपुरियाले गरेका हुन् ।
नव प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ नेपाली गीत संगित क्षेत्रमा सहयोग गर्न पनि आफूले गीत संगितमा रुचि राखेको डाक्टर साहको भनाइ छ । जेनजी पुस्ताको आन्दोलन र उत्पन्न राजनीतिक परिस्थितिकाबीच केही फिल्म र म्युजिक भिडियोहरुको रिलिज प्रभावित भइरहेकाे समयमा डा. साहको प्रस्तुतिमा गीत घटनास्थापनाको शुभ-अवसरमा सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्