
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।
सिंहदरबारमा साेमबार पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । धुलो र खरानी टकट्याक्याउदै सरकारले जनतामा अनुभूति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने समेत बताउनुभएकाे छ।
उहाँले भन्नुभयो,-‘ भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा वस्तुपरक ढंगले कार्यान्वयन हुने हिसाबले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभूति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो उहाँले भन्नुभयो,-‘ भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा वस्तुपरक ढंगले कार्यान्वयन हुने हिसाबले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभूति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो टकट्याक्याउदै जनतालाई अनुभूति हुने गरी यो ६ महिनामा केही कामहरु गर्छौं ।’
मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताउनुभयो । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दैै उहाँले आफूले हस्तक्षेप नगर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्