
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।
मन्त्रिपरिषदकाे बैठकले आइतबार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा सरुवा गरेकाे हाे । निर्देशक शाक्यको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोही पदमा नियुक्त गरेको थियो । त्यसको ५ महिनापछि ऊर्जा मन्त्री बनेका मन्त्री घिसिङले शाक्यलाई सरुवा गरी सोही पदमा सिलवाललाई नियुक्ति गर्नुभएकाे हाे।
प्रतिक्रिया दिनुहोस्