Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नख्खु कारागारबाट भागेका एक कैदीबन्दी घरमा पुगेर श्रीमतीको गरे हत्या


27.8k
Shares

काठमाडाैं । ललितपुरको नख्खु कारागारबाट गत भदौ २४ गते भागेका एक जना कैदीबन्दीले आइतबार घरमा पुगेर श्रीमतीको हत्या गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा सहकारी ठगीकाे अभियाेग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले श्रीमतीकाे हत्या गरेका हुन् । काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको पनौती नगरपालिकाले जनाएकाे छ।

तामाङ जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । तामाङ जेनजी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनास्थलमा प्रहरी पुगेकाे जनाएकाे हाे ।