Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


जेनजी आन्दोलनका नाममा भएको तोड्फोड र आगजनी षड्यन्त्रपूर्णः वरिष्ठ उपाध्यक्ष पोखरेल

अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता

884
Shares

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।

च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको बिहीबार अवलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । एमालेले विधान महाधिवेशनमार्फत जेनजी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएता पनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उहाँको भनाइ छ ।

उहाँले राज्य संरचना र पार्टी कार्यालयमा तोड्फोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दावि गर्नुभयो । आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो