Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


संविधान दिवस देशैभरी भव्य रूपमा मनाउने कांग्रेसकाे तयारी


767
Shares

काठमाडौं । नेपाली कांग्रेसले देशैभरी संविधान दिवस भव्य रुपमा मनाउने जनाएको छ ।

पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा यहि असोज ३ गते शुक्रबार संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो । उहाँले बुधबार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोड्फोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरुले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरु र भातृ संस्था, सभेच्छु संस्थाहरुलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताउनुभयो ।

संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा सरिक हुन पनि उपसभापति खड्काले सोहीअवसरमा सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गर्नुभएकाे छ। उहाँले जेन जी प्रर्दशनकारीहरुको कुटपिटबाट घाइते भएर उपचार गराइरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताउनुभयाे ।

उपसभापति खड्काले सभापति देउवाको निर्देशन अनुसार पार्टी कामलाई अघि बढाउँदै लैजाने पनि बताउनुभयो ।