
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ ।
पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएकाे हाे। उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनुभयो । पार्टीका माइन्युटहरु बचेको र पुस्ताकालय बच्नु राम्रो पक्ष भएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो,- ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले गर्यौ। निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बचेको भन्ने सुने, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ । केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बचेको रहेछ । त्यो बचाउन भूमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ।’
जेनजी युवाकाे आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोड्फोड गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्