
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका ३ जना मन्त्रीले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, ओम प्रकाश अर्याललाई गृह, कानून र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । राष्ट्रपति कार्यालय स्रोतले नवनियुक्त तीनै मन्त्रीहरुको राष्ट्रपति कार्यालयमा एक समाराेहकाबीच सपथ ग्रहण साेमबार बिहान साढे ११ बजे हुने जनाएकाे छ ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनिसक्नुभएकाे हाे। त्यस्तै, गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कानूनी सल्लाहकार हुनुभएकाे थियाे ।
अर्थमन्त्रीमा नियुक्त खनाल पूर्वअर्थसचिव समेत बन्नुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्