Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजीकाे पत्रकार सम्मेलनमा युवाबीच नै कुटाकुट


3.7k
Shares

काठमाडौं । हामी नेपाली नामक संस्थाले जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।

साेही संस्थाका सुदन गुरुङले रिपोटर्स क्लब नेपालमा आइतबार गरेकाे पत्रकार सम्मेलनका क्रममा धारणा राखिरहँदा विवाद भएको हाे । सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था सिर्जना भएकाे थियाे ।

पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबीच समेत एक-आपसमा विवाद भएको थियो । केही युवाहरूले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशंका गरेका छन् ।