
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताउनुभयो । क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको समेत उहाँले बताउनुभएकाे छ ।
प्रधानमन्त्री कार्कीले आफूले सोही आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताउनुभयो ।















प्रतिक्रिया दिनुहोस्