
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ ।
सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको समयमा शुक्रबार राति माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो । बैठकले जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा पार्टीले घोर भर्त्सना गरेकाे छ ।
बैठकको निर्णय सुनाउँदै सचिव देवेन्द्र पौडेलले साथै, संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गर्ने गर्नुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्