Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


पछिल्लाे घटना र भ्रष्टाचार विरूद्धमा छुट्टाछुट्टै २ शक्तिशाली आयोग बनाउनुपर्नेमा महामन्त्री थापाकाे जाेड


0
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यहि भदौ २३ र २४ जेनजी युवाकाे प्रदर्शनपछि भएका घटना र भ्रष्टाचार विरुद्धमा फरक-फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताउनुभएकाे छ ।

महामन्त्री थापाले शुक्रबार सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । पार्टीको धारणा राख्दै उहाँले दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ रहेकाे बताउनुभएकाे हाे ।

दुई दिनमा भएका घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कांग्रेस महामन्त्री थापाले अघिल्लो प्रदर्शनका क्रममा भएका घटना र भ्रष्टाचारका लागि छुट्टाछुट्टै आयोग बनाउनुपर्नेमा पार्टी प्रतिवद्ध रहेको बताउनुभयाे।

उहाँले देशका प्रमुख तीन राजनीतिक दलले भ्रष्टाचार र दमनका विरूद्ध छानविन गर्न नमानेकाे भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारकाे जिम्मेवारी लिन नमानेकाे भनेर एक अनलाइन मिडियाले लेखेकाे समाचारकाे स्किन सर्ट सामाजिक सञ्जालमा पाेष्ट गर्दै आपत्ति जनाउनुभएकाे छ ।

यो संवेदनशील अवस्थामा कम्तीमा भ्रम समाचरको खेती नगर्न समेत महामन्त्री थापाले आग्रह गर्नुभएकाे छ ।