
काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताउनुभएकाे छ ।
उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘संसद भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस् ।’
यहि भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै सभापति खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने समेत बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्