
एजेन्सी । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई नेपाल बारेमा कुनै टिका–टिप्पणी नगर्न निर्देशन दिएको छ ।
नेपालकाे बारेमा कुनै टिका टिप्पणीले जनस्तरको सम्बन्ध बिग्रिने र नेपालमा भारत विरोधी भावना बढेर थप क्षति पुग्ने आँकलन गर्दै भाजपाले आफ्ना नेता तथा कार्यकर्ताका साथै सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो निर्देशन गरेको हो । द प्रिन्टका अनुसार भाजपाका एक वरिष्ठ नेताले साेही निर्देशन कडाइका कार्यन्वयन गर्नुपर्नेमा जाेड दिएका छन् ।
भाजपाका कुनैपनि केन्द्रीय मन्त्री, सांसद, नेता, पदाधिकारी, प्रवक्ता, कार्यकर्ता र सामाजिक सञ्जला प्रयोगकर्ताहरुलाई नेपालसँग जोडिएका पछिल्ला घटना क्रमकाे बारेमा टिप्पणी नगर्न कडा निर्देशन रहेको दावी द प्रिन्टको छ ।
प्रतिक्रिया दिनुहोस्