Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पूर्व-प्रधानमन्त्री सबै जनालाई सक्रिय राजनीतिबाट बिदा गराैं: रामकुमारी झाँक्री

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न र सबै समस्याको समाधान चालु संविधानबाट नै खोज्नुपर्नेमा जाेड

5.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व-प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा गर्नुपर्ने उहाँले जाेड दिनुभएकाे छ।

उहाँले बिहीबार दिउँसाे सामाजिक सञ्जालमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गर्नुभएकाे हाे ।राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहीन बनाइएको भन्दै आवाज उठ्न थालेकाे उहाँकाे भनाइ छ ।

राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको उहाँकाे तर्क रहेकाे थियाे। जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पूरा गर्नुपर्ने उहाँकाे जाेड रहेकाे छ । साथै सबै समस्याको समाधान चालु संविधानबाट नै खोज्नुपर्ने नेतृ झाँक्रीले बताउनुभयाे ।