Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


जेनजी युवाकाे मागलाई सम्बोधन गर्न तत्काल खोजिने कुरामा विश्वस्त रहन सबैलाई राष्ट्रपति रामचन्द्र पौडेलकाे आग्रह (विज्ञप्तिसहित)


2.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गर्नुभएकाे छ।

उहाँले बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी युवाकाे माग देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी गराउनुभएकाे हाे । राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताउनुभएकाे छ ।

उहाँले आन्दोलनरत जेनजी युवाहरूको मागलाई सम्बोधन गर्नका लागि छिटो भन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गर्नुभयाे । राष्ट्रपति पौडेलले मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले खोजी गरिरहँदा बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्नुभएकाे छ। जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवास जल्ने समयमा कार्यालयबाट बाहिरिएपछि उहाँ सार्वजनिक रुपमा देखिनुभएकाे छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि अधिकांशले राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा गरेका थिए । तर बिहीबार मात्र राष्ट्रपति पौडेलले एक विज्ञप्ति गर्नुभयाे ।