
काठमाडौं । जेनजी युवा प्रदर्शनकारीले मंगलबार दिउँसाे सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील जारी गरेको छ ।
प्रदर्शनको परिणाम स्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको जारी अपीलमा उल्लेख गरिएकाे हाे । ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं जारी अपीलमा भनिएको छ ।’
नागरिक सरकार र नयाँ राजनीतिक मार्ग निर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको हाे । हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु भएकाे जारी अपीलमा भनिएकाे छ ।
हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्ने जेनजीले जनाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्