
काठमाडौं । काठमाडौंमा जेनजी युवाहरुले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।
प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्