२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


संसदीय सुनुवाई समितिको सभापतिमा रामहरि खतिवडा चयन


1.248k
Shares

काठमाडाैं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा निर्विराेध निर्वाचित हुनुभएकाे छ ।

समितिको शुक्रबार साँझ बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा चयन गरेको हो । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गरेको प्रस्तावमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गरेको आरोप लागेपछि गत साउनमा राज्य ब्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए ।