Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा


481
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा हालै सम्पन्न स्थायी कमिटीको निर्णय, नेतृत्वको कार्यशैली, र पार्टीभित्र उठेका असन्तुष्टिहरूबारे गहन छलफल हुने जनाइएको छ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मध्यपहाडी लोकमार्ग जागरण अभियान, समसामयिक राजनीतिक मुद्दा, र स्थायी कमिटी बैठकका निर्णयहरूमाथि छलफल केन्द्रित हुने जानकारी दिए।

उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तन र कार्यशैलीसम्बन्धी विषय पनि बैठकमा विशेष एजेन्डा हुने नेताहरूले बताएका छन्। पार्टीभित्रको असन्तुष्टि पदाधिकारी बैठकबाट सम्बोधन हुने अपेक्षा शर्माको सचिवालयले जनाएको छ।

यसअघि माओवादी स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ।