Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


663
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। यससँगै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने भएको छ। सो समितिमा आव २०८१/८२ काे वार्षिक प्रतिवेदन र आव २०८२८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ ।

Skip This