१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


शेयर बजार झिनो अंकले बढ्यो, ४ अर्ब १८ करोड बढीको कारोबार


130
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार झिनो अंकले बढेको छ ।

नेप्से ४ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय ६६ दशमलव ०९ विन्दुमा पुगेको हो । नेप्से बढ्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर कारोबार भएको छ ।

१ सय १ वटा कम्पनीको शेयर मूल्य बढेको हो । १ सय ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको हो । दिनैभरीमा ४५ हजार १ सय १६ पटक शेयर किनबेच हुँदा ३ सय २२ वटा कम्पनी कारोबारमा आएको छ ।

१३ वटा समूह मध्ये ४ समूह घटेको हो । बाँकी ९ समूह भने बढेको नेप्सेले जनाएको छ ।