१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


माधव नेपाल माइतीघरमा पुगेर उखु किसानसँगै धर्नामा बसे


182
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बस्नुभएको छ ।

अध्यक्ष नेपाल मंगलबार उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न माइतीघरमा पुगेर उखु किसानहरूसँग धर्नामा बस्नुभएको हो । यस अघि मंगलबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर जानुभएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर जानुभएको थियो ।