
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार मुद्दामा उनीहरुलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै आइतबार पुनरावेदन गरेको जनाएको छ । आयोगले अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दावी गरिएको थियो । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता समेत गरेको थियो । महँगोमा अन्तःशुल्क स्टिकर छापेको भन्दै मुख्यसचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तःशुल्क स्टिकर महँगोमा छापेको अख्तियारको निष्कर्ष छ ।
विशेष अदालतले सोही मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र तत्कालीन निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्