
काठमाडौं । काठमाडौंको धापासीमा शुक्रबारको अविरल वर्षाका कारण पहिरो गएको छ।
टोखा नगरपालिका ४ धापासी लाम्पाखामा पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको हो । पहिरोका कारण एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढल्दा सोही क्षेत्रमा शुक्रबारदेखि नै विद्युत आपूर्ति बन्द भएको छ ।
पहिरोसँगै रुख ढल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको हो । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको प्रहरीले बताएको छ। स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउनुभयो ।
वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको उहाँको भनाइ थियो । स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खाल माथि लगाएका कारण पहिरो गएको हुनसक्ने आँकलन गर्नुभएको छ। पर्खालको जग राम्रोसँग नखनेका कारण पहिरो गएको उहाँको भनाइ थियो ।
स्थानीयहरुले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्