Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


अर्थसहित तीन संसदीय समितिको बैठक आज बस्दै


117
Shares

काठमाडौं ।

संघीय संसदअन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो।

बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ।