Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


टप इन्ड टी-२० सिरिज: नेपाल आज मेलवर्न स्टार्ससँग भिड्दै


650
Shares

काठमाडौं ।

अष्ट्रेलिया जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज (सोमबार) नेपालले आफ्नो तेस्रो खेल अष्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ ।

डार्विनस्थित टीआईओ स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने मेलबर्न स्टार्सको कप्तानी बिग ब्यास लिग (बीबीएल)को अनुभव बटुलिसकेका साम हार्परले सम्हाल्नेछन् ।

प्रतियोगितामा नेपालको सुरुवात सुखद रहन सकेको छैन । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले चुकेको थियो । त्यसैले, प्रतियोगितामा आफ्नो सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपाली टिममा रोहित पौडेल –कप्तान, दिपेन्द्र सिंह ऐरी –उपकप्तान, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम ललित राजबंशी आफ्नी आमाको मृत्यु भएका कारण जान नपाएपछि उनको ठाउमा अष्ट्रेलिया गएका छन् ।