३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


टप एण्ड टी–२० सिरिज: नेपालले एनटी स्ट्राइकसँग खेल्दै


1.196k
Shares

काठमाडौं ।

नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ ।

घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।

सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।

यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी–२० खेल खेल्नेछ । यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दैछ । एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन् । शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्ने छन् ।