Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


बाजुरामा बाढीले दुई घर बगायाे


195
Shares

काठमाडौं ।

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ ।

गएराति आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो । बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिनुभयो । उहाँले वडा कार्यालय पनि जोखिममा परेको जानकारी दिनुभयो ।

बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर भागेका थिए । मानवीय क्षति भने हालसम्म नभएको गाउँपालिकाका जनप्रतिनिधिहरुले बताउनुभएको छ । विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन पनि गाउँपालिकाले आग्रह गरेको छ ।