Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


कैलाली कारागार झडप: मृतकको परिवारलाई पाँच लाख राहत दिइने


702
Shares

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

साउन २३ गते राति कैलाली कारागारमा दुई समूहबीचको झडपमा चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदी घाइते भएका थिए। आइतबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णयसमेत गरेको छ।

बैठकले कारागारभित्र सिसिटिभी क्यामेरा, हेलोजन लाइट जडान गर्ने, छाना मर्मत र सुरक्षाका लागि आवश्यक उपकरण उपलब्ध गराउने निर्णयसमेत गरेको छ। सुरक्षा चुनौती न्यूनीकरणका लागि कारागार ऐनमा सुधार गर्न संघीय सरकारलाई अनुरोध गर्ने र क्षमताभन्दा पाँचगुणा बढी कैदी रहेका कारण कैदी व्यवस्थापनमा कारागार विभागसँग समन्वय गर्ने निर्णय पनि भएको छ।

त्यस्तै, कारागारभित्र खाद्यान्न तथा अन्य वस्तुको निगरानी र जाँच कडाइ गर्न प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय पनि गरिएको छ।