
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरुरी रहेको बताउनुभयो । उहाँले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताउनुभयो ।
कार्यकारी प्रमुख भट्टले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्