
काठमाडौं । दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ ।
मंगलबार नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमका बीच वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शुन्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मलाई ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको जानकारी दिइएको हो ।
समूदायलाई समेत सहभागि गराएर फार्मलाई अगाडि बढाएको कारण उक्त उपलब्धी प्राप्त गर्न सकेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले बताउनुभयो । उहाँले प्रमाणीकरणका लागि अर्गानिक खेती तथा इको फ्राइन्ड्ली लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले ट्राभल लाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्वबजारमा उत्तरदायी र जलवायुमैत्री गन्तव्यको रुपमा स्थापित गर्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले जलवायुमैत्री वातावरण निर्माण र अर्गानिक खेति लगायतका विषयमा ध्यान समेत सबै व्यवसायीहरुमा आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्