२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संघीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोईराला हुन्: सभापति देउवा


1.053k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोईराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कोईराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताउनुभयो । पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताउनुभयो । स्व. कोईराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोईराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताउनुभयो । गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोईरालालाई जाने बताउनुभयो ।

सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोईराला भएको बताउनुभयो । गिरिजाप्रसाद कोईराला नभएको भए संघीयता पनि नआउने बताउनुभयो ।