१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित


1.417k
Shares

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रश्तुत गर्नुभएको थियो । विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।