२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैन : सांसद राई


351
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिँदै तब मात्र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद राईले सरकारले ल्याएको बजेट व्यापारमुखी बनेको बताउनुभयो । उहाँले दुई तिहाइको बलियो सरकारले आशा बाँड्ने नभएर विश्वास पैदा गर्ने बजेट ल्याउनुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले बजेटले नागरिकका एजेण्डाहरूलाई समाधान तथा सम्बोधन नगरेको दाबी गर्नुभयो ।

सांसद राईले कृषि उत्पादनलाई औद्योगिकीकरण नगरेसम्म आत्मनिर्भर बन्न नसकिने बताउनुभयो ।