३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : एमाले


312
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले जनतामा रहेको तिब्र विकासको हुटहुटीलाई सम्बोधन गर्नेगरी सिद्धान्त र प्राथमिका आएको बताउनुभयो । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहो¥याने नभई बे्रकथ्रू गर्न खोजेको सांसद गिरीको भनाइ छ ।

सांसद गिरीले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पूँजीगत खर्च न्युन हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भिर बन्नुपर्ने समेत बताउनुभयो । उहाँले सरकारलाई पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्ययोजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पका साथ सरकार उभिनुपर्ने बताउनुभयो ।