२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नीति तथा कार्यक्रम राष्ट्रको भावी यात्राको नक्शा हो : सांसद कार्की


169
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यो सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गर्नुभयो । संसदको दुई ठूला दल मिलेर गठन भएको सरकार आग्रह, पूर्वाग्रह र प्रतिशोधले ग्रसित नभएको सांसद कार्कीले स्पष्ट पार्नुभयो ।

सांसद कार्कीले मुलुकका हरेक नागरिकका साथै हिमाल, पहाड र मधेसमा बस्ने जनताले प्रत्यक्ष रुपले अनुभुत गर्ने विकासको आवश्यकतामा जोड दिनुभयो । उहाँले मुलुकमा केही हुँदैन भन्ने भाष्य संगठित रुपले अघि बढाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

सांसद कार्कीले मुलुक यतिबेला ग्राइण्ड डिजाइनअन्तगर्त लोकप्रियताबादको राजनीतितर्फ उन्मुख गर्न खोजिएको आरोप लगाउनुभयो ।