११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नक्कली सवारी चालक अनुमतिपत्रका साथ एकजना पक्राउ


0
Shares

विनोद सिंह विष्ट

बैतडी, असोज ३ । प्रहरीले बैतडीमा एकजनालाई नक्कली सवारी चालक अनुमतिपत्रका साथ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकका बिसनदत्त जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । 

गोठलापानीमा ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा जोशीलाई नक्कली सवारी चालक अनुमतिपत्र सहित पक्राउ गरेको हो । नक्कली अनुमतिपत्र साथमा राखेर जोशीले सवारी साधन चलाईरहेको पाइएको प्रहरीले जनाएको छ ।

जोशीमाथि लिखित किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भई अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, ‘जोशीले किर्ते सवारीचालक कहाँबाट प्राप्त गरेको भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।’ 

किर्ते सवारी चालक अनुमति पत्र बनाएमा ३ बर्ष कैद र ३० हजार जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । मंगलबार पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।