Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो’


988
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाउनुभएको छ ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले एनसेलको भर्खरै नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको भर्खरै नविकरणको बारेमा तिनीहरुले एकै पटक पैसा तिर्नु पर्दथ्यो । तर किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर प्रधानमन्त्रीज्युले भनिरहनुभएको छ । यो के सोच हो रु उहाँले भ्रष्टाचार गरिन्न, सहिन्न भनेर नेपाली जनताको जनताको अगाडि जे भनिरहनुभएको छ । २०५० सालतिर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला सँग बस्नुहुन्थ्यो । उहाँहरुको बीचमा अन्तरबिरोध थियो । कृष्णप्रसाद भट्टराईजीले के भन्नुहुन्थ्यो भने गिरिजाबाबु र म त एकदम मिलेका छौँ भन्नुहुन्थ्यो । नमिल्दा मिलेका छौँ भन्नुहुन्थ्यो, मिलेपछि त भनिरहनु पर्दैन । अहिले सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको हो ।’

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताउनुभयो ।

Skip This