 
	    काठकाडौं । १५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोमबार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवावर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवावर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा कविहरुले आफ्ना रचनाहरु वाचन गरेर युवाकवि भट्टको स्मरण गरेका थिए ।
राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो ।
नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्